विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्छौं – पूर्वप्रधानमन्त्री नेपाल-Sutra News

विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्छौं – पूर्वप्रधानमन्त्री नेपाल

आइतबार, २९ माघ २०७९

आइतबार, २९ माघ २०७९

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्ने बताएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



उनले सबै पार्टीलाई समेटर अगाडि बढ्नु नै ठिक हुने बताए । उनले भने हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हन्छ ।

संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट