काठमाडौं – अभिनेता राजबल्लभ कोइराला लामोसमयपछि अभिनयमा फर्कने भएका छन् । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनय शुरु गरेका उनी अब झण्डै १० वर्षपछि अभिनयमा फर्कदैछन् । अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने राजबल्लभ ‘कामिनो’ मार्फत अभिनयमा फर्किने भएका हुन् ।
फिल्मको छायांकन ब्राजिल र उत्तर अमेरिकाको मेक्सिकोमा हुनेछ । फिल्ममा प्रदीप खड्का र नायिका बर्षा शिवाकोटी पनि मुख्य भुमिकामा रहेका छन् । राजबल्लभ पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखा परेका थिए ।
उनका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६ लगायतका फिल्म चर्चामा छन् । अभिनेता कोइरालाले भने आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो