प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए ।
उक्त क्षेत्रबाट पाँच वर्षअघि जितेका एमाले सांसद कृष्णभक्त पोखरेल लामिछानेसँग पराजित भएका थिए ।
अबको चुनावमा एमालेले आफ्नै उम्मेदवार उठाउला या रविलाई समर्थन गर्ला भन्नेबारेमा निर्णय भने गरिसकेको छैन । अहिलेसम्म के गर्ने भन्ने निर्क्यौल नभइसकेको एक एमाले नेताले जानकारी दिए ।