यही फागुन १८ देखी २० गतेसम्म नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै-Sutra News

यही फागुन १८ देखी २० गतेसम्म नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

सोमबार, १ फाल्गुन २०७९

सोमबार, १ फाल्गुन २०७९

यही फागुन १८ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको छ । एस.डि प्रोमो मिडिया प्रालिले इइपिसि भारत र च्यमसन नेपालसँगको सहकार्यमा ३ दिने नेपाल मेडिकल तथा ल्याब एक्सपोको आयोजना गरेको हो ।



एस.डि.मिडियाले एक्स्पोसम्बन्धी सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । यस नेपाल मेडिकल तथा ल्याब एक्स्पो, सबैभन्दा ठुलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने बताइएको छ । एक्स्पोमा नेपालबाट ३०० भन्दा बढि र भारत तथा अन्य देशहरूबाट ८०० भन्दा बढि ब्रान्डले १००० भन्दा धेरै उत्पादनहरू तथा सेवाहरु प्रदर्शन गर्नेछन् । यस प्रदर्शनीले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्ने जनाइएको छ ।

एक्स्पो अवधिभर व्यवसायिक साझेदारी तथा उल्लेखनीय नेटवर्किङका अवसर प्राप्त गर्न सकिनेछ भने नयाँ कम्पनीहरूका लागि पुराना स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्वपूर्ण अवसर दिने आयोजकले जनाएको छ । एक्स्पोमा सहभागि हुने सबै कम्पनीले आफ्ना पछिल्ला तथा उत्कृष्ट उत्पादन प्रदर्शन गर्नका लागि सबै तयारी पूरा गरेका बताइएको छ ।

प्रदर्शनीमा सहभागि हुने मेडिकल तथा ल्याबरेटोरीका प्रमुख ब्रान्डहरूमा स्कयानरे, एक्सिलेन्स,हिटाचि, कोनिका, सोनि, जिइ, फिलिप्स, थ्रि एम, स्कयारेर, बेन्क, विनब्याक, हेहिन, माइन्डरे, एड्यान, र्यानडोक्स, वोनडोक्स, अगापि, बिकन, होरिबा, एक्जिएस, जे मित्रा, मिअर्क, सिग्मा एल्डरिच,हन्ना, बेकम्यान कोल्टर, थेर्मो फिसर, अबान्टर, र्याडबाग, , म्यागनस्, स्याटोरियस, एस्को, सेनजेन बायोसेन्स, बोरोसिल, डि–ल्याब,, एन्यालिटिकन, रेटो लगायतका छन् ।

प्रदर्शनीबारे आयोजक तथा मिडियाका डाइरेक्टर राजेश शर्माले भने, ‘यस छैटौँ संस्करणको घोषणासँगै एक्स्पो पछिल्ला संस्करणहरू भन्दा पनि ठुलो हुनेछ जसमा ३०० भन्दा बढि प्रदर्शकहरू हुनेछन् ।’ उनले उत्कृष्ट प्राविधिक निपुणताले भरिपूर्ण उत्पादनहरू तथा सेवाहरूको माग बढ्दो रहेको भन्दै प्रदर्शनीले विभिन्न मूल्यका प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउने बताए ।

मेडिकल तथा ल्याबको सबैभन्दा बृहत्तर प्रदर्शनी नेपाल मेडिकल तथा ल्याब एक्सपो रहेको बताइएको छ । यो एक्स्पोले बिक्रेता तथा क्रेताहरूलाई साझा हितका लागि एउटै मञ्चमा ल्याउने विश्वास गरिएको छ ।

यस प्रदर्शनी निर्णयकर्ता, म्यानेजर, नर्सिङहोम, फर्मास्युटिकल, डाइग्नोस्टिक, कलेज, विश्वविद्यालय, ब्लड बंैक, मेडिकल कलेज लगायतकाहरुलाई केन्द्रमा राख्दै आयोजना गर्न लागिएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट