काठमाडौं – परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेपाल आएका क्वात्रा परराष्ट्रमन्त्री पौड्याललाई भेट गर्न सिंहदरबार पुगेका हुन् ।
परराष्ट्र सचिवस्तरीय बैठक लगत्तैउनी परराष्ट्रमन्त्री पौड्याललाई भेटेका हुन् । उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका बिषयमा छलफल भउको छ ।सोमबार काठमाडौं आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।