खड्गप्रसाद गौचन स्मृति पाचौ राष्ट्रिय यु–१९ क्रिकेटः काशी नोबेल विजयी-Sutra News

खड्गप्रसाद गौचन स्मृति पाचौ राष्ट्रिय यु–१९ क्रिकेटः काशी नोबेल विजयी

सोमबार, १ फाल्गुन २०७९

सोमबार, १ फाल्गुन २०७९

खड्गप्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबेल एकेडेमीले विजयी भएको छ । सोमबार भएको उद्घाटन खेलमा काशीले देवदह क्रिकेट युनिटलाई ८ विकेटले पराजित गरेको हो । पूर्व क्रिकेटर शक्ति गौचनले आफ्नो बुबाको स्मृतिमा आयोजना देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर देवदहले ४० रनको लक्ष्य दिएको थियो ।



देवदहका संकित भट्टराईले २४ बलमा ९ र सुरज खड्काले २७ बलमा ८ रनबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन् । कम स्कोरमा रोक्न काशीका शेहजाद आलमले ४ तथा सन्तोष यादवले २ विकेट लिए । झिनो लक्ष्यलाई काशीका ब्याट्सम्यानहरूले ८ ओभरमा ३ विकेटको नोक्सानीमा भेटाए । विजय प्रजापतीले २२ रन समिर अलिले ११ रनको योगदान दिए । खेलमा शेहजाद आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

मंगलबार स्टार क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा सेन्टर क्रिकेट एकेडेमी कास्की र देवदह क्रिकेट युनिटका बीचमा हुने छ । गौचनले वार्षिक कार्ययोजना बनाएर प्रतियोगिताहरु गर्दै आएका छन् । बुबाको स्मृतिमा यु–१६ खेलबाट शुरु गरेर पाचौ संस्करणमा आइपुग्दा यु–१९ राष्ट्रिय प्रतियोगिता गर्न लागेको उनले बताए ।

पुरस्कार राशी पाचौं संस्करणमा ३० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लिग खेलहरू २५ ओभरको हुनेछ भने फाइनल खेल ४० ओभरको खेलाइने छ । यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराइजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समुहमा राखेर ८ टिमबीच खेल हुनेछ ।

लिग आधारमा हुने खेलमा दुई समीहबीच ३–३ गरी कुल १५ खेल हुनेछ । एक समारोहका बीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, न्यु होराइजन माविका प्राचार्य लोकनाथ ज्ञवाली, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य कमल पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट