भूकम्पका कारण टर्की र सिरियामा ३६ हजारको मृत्यु, सङ्ख्या दोब्बर हुनसक्ने-Sutra News

भूकम्पका कारण टर्की र सिरियामा ३६ हजारको मृत्यु, सङ्ख्या दोब्बर हुनसक्ने

सोमबार, १ फाल्गुन २०७९

सोमबार, १ फाल्गुन २०७९
फाइल तस्बिर

गत साता गएको भूकम्पका कारण टर्की र सिरियामा झन्डै ३६ हजार जनाको मृत्यु भएको पुष्टि भएको छ।



टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ हालसम्म ३१,६४३ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ४,३०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

र योसँगै मृत्यु हुनेको कुल सङ्ख्या ३५,९४३ पुगेको छ।

राष्ट्रसङ्घले विपद्मा परेर मृत्यु हुनेको सङ्ख्या कम्तीमा दोबर हुनसक्ने चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट