काठमाडौं – रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय लिदै ४० सदस्यीय बनाएको हो ।
थपिएका १६ जना केन्द्रीय सदस्यमा नेतृ लिमा अधिकारी पनि परेकी छिन् । अधिकारी यसअघि माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीकी थिइन् । उनले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एसबाट नै समानुपातिकमा चुनाव लडेकी थिइन् । हालै रास्वपामा प्रबेश गरेकी उनी सोमबार यस पार्टीकी केन्द्रीय सदस्य भएकी छिन् । उनी पूर्वअर्थमन्त्री नेकपा९एमाले०का पूर्व नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन् ।
उनीसहित निशा मेहता, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल, विन्दवासिनी कंसाकार, रूपा शंकर, ध्रुव गिरी लगायत १६ जनालाई पनि रास्वपाले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए।