उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र भारतीय बिदेशसचिव क्वात्राबिच भेटवार्ता-Sutra News

उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र भारतीय बिदेशसचिव क्वात्राबिच भेटवार्ता

मंगलबार, २ फाल्गुन २०७९

मंगलबार, २ फाल्गुन २०७९

काठमाडौं ।  राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन र भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा लिङ्देन र बिदेश सचिव क्वात्राबिच भेटवार्ता भएको हो ।भेटमा ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हित र चासोका छलफल भएको छ ।



नेपाल–भारत सचिवस्तरीय उच्च सयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले हिजो राष्ट्रपति बिद्यादवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले आज एकीकृत समाजवादीका अध्यक्ष नेपाल र लिङ्देनसँग पनि भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट