नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताएका छन् ।
अनेरास्ववियुको महाधिवेशनमा बोल्दै उनले माओवादी र आफू मिलेर बनेको सत्ता गठबन्धन भात्काउन विभिन्न शक्तिहरु लागिरहेको बताए ।
अध्यक्ष ओलीले अखिललाई अनुशासित, गतिशिल र एकताबद्ध सङ्गठन बनाउनसमेत आग्रह गरेका छन् । अखिल नेपालको विद्यार्थी आन्दोलनको मूलधार मात्र नभई राजनीतिक भूमिका खेलेको संस्था हो”, उनले भने ।
‘देश बनाउनुपर्ने कुरा छ । सोझो रेखामा राजनीति जाँदैन । मैले अनेक उतारचढाव देखेको छु । उतारचढाव फेरि पनि आउँछन् ।‘ उनले भने ।