राष्ट्रपतिमा सन्तुलनसहितको राष्ट्रिय सहमति हुनुपर्छ, एमालेलाई दिए बर्बाद हुन्छ – माधव नेपाल-Sutra News

राष्ट्रपतिमा सन्तुलनसहितको राष्ट्रिय सहमति हुनुपर्छ, एमालेलाई दिए बर्बाद हुन्छ – माधव नेपाल

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा सन्तुलनसहितको राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरामा रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले राष्ट्रपति पनि एमोलाई दिए बर्बाद हुने बताए । उनले भने – ‘राष्ट्रिय सभा अध्यक्ष पनि एमालेकै, सभामुख पनि एमालेकै अनि राष्ट्रपति पनि दिए बर्बाद हुन्छ’



उनले सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिए । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन प्रतिगमनतर्फ उद्दत भएको टिप्पणीसमेत गरे ।

‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हो’ उनलेर पत्रकार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो गठबन्धन संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध नरहेको, परिवर्तन नचाहने, प्रतिगमन उद्दत गठबन्धन हो, यिनीहरूको वैचारिक एकता छैन, यसमा परिवर्तन उल्ट्याउन खोज्ने पनि छन् ।’

उनले नेकपा एस कुनै पार्टीमा बिलय पनि नहुने बताएका छन्।  ‘सुशासन, विकास र समृद्धिका लागि, समाजवादोन्मुख अर्थतन्त्रको लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्छौँ, त्यसका लागि सम्भव भए मोर्चा समेत बनाउँछौ र पार्टी एकतासम्म हुनसक्छ तर एकता गर्ने नाममा नेकपा एस कुनै अन्य राजनीतिक दलसँग विलीन भने हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट