काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिएर राणाकालीन प्रवृत्ति देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सुवालले यस्तो बताएका हुन् ।
उनले भने – ‘संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन । तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो । जनयुद्ध दिवसको उपलब्धि के हो रु कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र ?
राणाकालमा मन्त्रीहरूले मनलाग्दी बिदा दिने गरेको र अहिलेको सरकारमा पनि त्यही प्रवृत्ति देखिएको उनले बताए । उनले प्रश्न गर्दै भने – ‘के अब नेपालमा राणा शासनको बिदा फेरि सुरु भएको हो ?’
राष्ट्रपतिको सवारीका क्रममा सधै नागरिकले दुख पाइरहेको भन्दै राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गृहमन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्रीले किन नसकेको भन्दै प्रशन गरे।