संसदबाट यादवको चेतावनी – ‘नागरिकता विधेयक रोकेमा सडक र सदनबाट संघर्ष शुरू गर्छौं’-Sutra News

संसदबाट यादवको चेतावनी – ‘नागरिकता विधेयक रोकेमा सडक र सदनबाट संघर्ष शुरू गर्छौं’

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयक रोकेमा चुप नबस्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन् ।



बाबुआमा नेपाली नागरिक हुँदाहुँदै पनि आज सन्तानहरु नागरिकताविना भएर भड्किरहेको भन्दै उनले यदि विधेयक रोकेमा सडक र सदनबाट संघर्ष शुरू गर्ने चेतावनी दिए ।

उनले भने – ‘आवाजविहीनको आवाज कसले सुनिदिने रु जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने रु रुँदै आउँछन् उनीहरू । उनीहरूलाई न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि !’

उनले सरकारले अब कुनै खेलले नागरिकता विधेयक रोक्ने प्रयास गरे सडकबाटै स‌ंघर्ष गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट