काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्तिराष्ट्रले राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्न खोजेको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले यस्तो बताएका हुन् ।
राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएको केसीले बताए । नेपालका नेता र मन्त्रीले भारतमा उच्च तहका नेतासँग भेटघाट गर्न नपाउदा पनि नेपालका नेताहरु भारतीय कर्मचारीसामु लम्पसार परेको उनले बताए ।
नेपालमा अहिले राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चा चलिरहेको समयमा शक्तिराष्ट्रले राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्न खोजेको र आफ्नो देशको अनुकूलको मान्छे बनाउन खेल खेलिरहेको उनले बताउ ।