नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कन लायक काम गर्न आएको हुँ – मन्त्री गिरी-Sutra News

नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कन लायक काम गर्न आएको हुँ – मन्त्री गिरी

बुधबार, ३ फाल्गुन २०७९

बुधबार, ३ फाल्गुन २०७९

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेको बताएका छन् । बुधबार नेपाल स्वास्थ्य व्यवसायी परिषदको २७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।



स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको भन्दै उनले यो गम्भीर र चिन्ताको बिषय रहेको बताए । उनले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पु¥याउन नसक्नु दुःखको कुरा भएको पनि बताए । भारतका विभिन्न शहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहदा ठूलो धनराशी खर्च भइरहेको उनले बताए ।

उनले भने – ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरुमा विस्तारै नियोजन गरिँदैछ । यो गम्भीर विषय हो । हाम्रो सीमा क्षेत्रमा पारीपट्टी जाने र भारतका विभिन्न शहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठूलो धनराशी खर्च भइरहेको छ । यो सबैले महशुस गरेको कुरा हो’

हामिहरुले नै सीप नभएका, दक्षता नभएका जनशक्तिलाई विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेको भन्दै उनले यस बिषयमा बहस गर्नु जरुरी रहेको उनले बताए। उनले भने – ‘हामी सीप नभएका, दक्षता नभएका जनशक्तिलाई विदेशमा श्रम गर्न पठाउने र श्रम बेच्ने काममा पठाइरहेका छौं’, उनले भने, ‘हामीले यी विषयमा अब बहस गर्नु जरुरी छ । समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको निचोडमा पुग्नुपर्छ ।’

आफूले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमा चम्कन लायक काम गर्न आएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट