काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले चशिष्टाचार भेट गरेका छन् । बुधबार उनीहरुबीच ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतिकसम्बन्ध रहेको चर्चा गर्दे कृषि, जलस्रोत, शिक्षालगायतका क्षेत्रमा सहयोग गरी नेपाली जनताको जीवनस्तर सुधारमा पु¥याएको योगदानका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद दिएका थिए ।
भेटमा उपप्रधानमन्त्री लिङ्देनले पचास हजारभन्दा बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन गर्नेलगायतका समस्या समाधानका पक्षमा सकारात्मक भूमिका निर्वाह गर्न राजदूत भोल्कसँग आग्रह गरेका थिए ।