कांग्रेस नेता भण्डारीलाई थप उपचारको लागि मुम्बई लगिँदै-Sutra News

कांग्रेस नेता भण्डारीलाई थप उपचारको लागि मुम्बई लगिँदै

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं। हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई उपचारको लागि मुम्बई लगिँने भएको छ । किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेपछि उनलाई र उनकी आमालाईलाई मुम्बई लान लागिएको हो ।



दुवै जनालाई एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल वर्न अस्पताल लगिने भएको हो ।ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनका आमा ७० प्रति भाग जलन भएको छ ।

‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांस भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट