काठमाडौं – ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ । बुधबार राती ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद् भण्डारीसहित उनकी आमा घाइते भएकी थिइन् ।
गम्भिर घाइते भएका उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उपचारको क्रममा ८६ वर्षीया हरिकलाको बिहीबार अपरान्ह निधन भएको हो ।