प्रचण्ड-ओली गठबन्धन धेरै टिक्नेवाला छैन: माधव नेपाल-Sutra News

प्रचण्ड-ओली गठबन्धन धेरै टिक्नेवाला छैन: माधव नेपाल

शुक्रबार, ५ फाल्गुन २०७९

शुक्रबार, ५ फाल्गुन २०७९

नेकपा एकीकृत समाज्वादीका अध्यक्ष  माधवकुमार नेपालले नेपालको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने बताएका छन् ।



उदयपुरको सदरमुकाम गाईघाटमा आज आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उनले संघीयता र गणतन्त्र धरापमा रहेको कुरासमेत उल्लेख गरे ।

अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन हुने र परिणाम आइसकेपछि अर्काे गठबन्धन भएकाले यो गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने दाबीसमेत गरेका छन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकताका संगै हिँडेका माधव नेपाल ओलीसंगको गठबन्धनमा गएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट