चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताकाे आह्वान, फाल्गुन १६ सम्म गरिसक्नुपर्ने-Sutra News

चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताकाे आह्वान, फाल्गुन १६ सम्म गरिसक्नुपर्ने

शनिबार, ६ फाल्गुन २०७९

शनिबार, ६ फाल्गुन २०७९

निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।



प्रतिनिधिसभाका तत्कालिन सांसद रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गईरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आब्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संवत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सुचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट