राजनीतिमा ‘इन्ट्री’ गर्ने पूर्वराजाको इच्छा, दलसंग सहकार्यको प्रस्ताव-Sutra News

राजनीतिमा ‘इन्ट्री’ गर्ने पूर्वराजाको इच्छा, दलसंग सहकार्यको प्रस्ताव

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग सहकार्यको प्रस्ताव राखेका छन् ।



देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने बताउँदै पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेप्रति चिन्ता व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाको सहभागिता र केही आशालाग्दा नतिजाबाट मुलुकको आगामी दिशा’bout आँकलन गर्न सकिने बताएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट