काठमाडौं- साउथ फिल्मका चर्चित अभिनेता हुन् नागार्जुन । उनी साउथमा सबैभन्दा लोकप्रिय अभिनेतामा गनिन्छन् । उनी एक विज्ञापनका लागि दुई करोड रुपैंयाँ पारिश्रमिक लिन्छन् । उनको अभिनयले धेरे दर्शक मोहति हुने गर्छन् । के तपाईलाई उनको प्रेम जीवनको बारेमा थाहा छ रु
अभिनयको क्रममा उनको नाम धेरै अभिनेत्रीसँग जोडियो ।उनको पहिलो विवाह १८ फेब्रुअरी १९८४ मा लक्ष्मी दग्गुबातीसँग भएको थियो। लक्ष्मी फिल्म निर्माता डी रामनायडुकी छोरी हुन्।
विवाहको दुई वर्षपछि यी दम्पतीबाट छोराको जन्म भयो, जसको नाम नागा चैतन्य हो । नागार्जुन र लक्ष्मीको सम्बन्ध लामो समय टिक्न सकेन । विवाहको ६ वर्षपछि सन् १९९० मा दुवैको सम्बन्धविच्छेद भयो । भनिन्छ बिवाह टुट्नुको मुख्य कारण अभिनेत्री अमला मुखर्जी नै थिईन् । वास्तवमा ८०–९० को दशकमा फिल्म सुपरहिट भएपछि नागार्जुन र अमला एकअर्काको नजिक आएका थिए । करिब दुई वर्ष एकअर्कालाई डेट गरेपछि उनीहरुले विवाह गरे। पछि नागार्जुनको मन अर्की अभिनेत्रीमा पर्यो ।बलिउडकी चर्चित अभिनेत्री तब्बुसँग उनको अफेयर रहेको बताइएको छ । तब्बु अविवाहित हुन् । खासमा तब्बु अविवाहित हुनुको कारण उनीसँगको प्रेम हुनसक्ने बताइएको छ ।