विवाहअघि अभिषेक यी ४ अभिनेत्रीसँग गहिरो प्रेममा थिए, केहीलाई यस्तोसम्म गरेर छाडे-Sutra News

विवाहअघि अभिषेक यी ४ अभिनेत्रीसँग गहिरो प्रेममा थिए, केहीलाई यस्तोसम्म गरेर छाडे

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

काठमाडौं- बलिउडका महानायक अमिताभ बच्चन सदाबहार चर्चामा आउने अभिनेता हुन् । उनकै कारण छोरा अभिषेक बच्चनले पनि बलिउडमा चर्चा पाइरहेका छन् बलिउडमा सर्वाधिक चर्चामा अभिनेत्रीमा उनकी बुहारी ऐश्वर्या राय बच्चन पनि पर्छिन् । ऐश्वर्यले बलिउडमा कैयौं फिल्ममा अभिनयको जादु देखाइसकेकी छन् । अभियको क्रममा उनको नाम कैयौं अभिनेतासँग जोडिएको थियो । अन्ततः उनको भाग्यमा अभिषेक बच्चन नै जुर्यो ।



ऐश्वर्यसँग विवाह हुनुअघि अभिषेकको करिश्मा कपूर, रानी मुखर्जी, दीपानिता शर्मा, जाह्नवी कपूर, लगायत सँग नाम जोडिएको थियो । अभिषेक र करिश्माको प्रेमकथाले एकताका बलिउडमा राम्रो चर्चा पाएको थियो । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए, तर अन्तिम समयमा आएर उनीहरुको विवाह हुन सकेन । अहिलेको पुस्तामा पनि उनीहरुको प्रेमको चर्चा हुने गरेको छ ।

यस्तै रानी मुखर्जी र अभिषेकले पनि कैयौं फिल्ममा सँगै काम गरेका छन् । उनीहरु फिल्मको सुटिङका समयमा नजिकिएका थिए । तर, दुवैले सार्वजनिक रुपमा आफूहरुको सम्बन्धलाई खुलाएनन् । दुवैले ‘कभी अलविदा ना कहना’, ‘बन्टी और बबली’ र ‘युवा’ जस्ता फिल्ममा अभिनय गरेका थिए । यस्तै अभिषेकको नाम श्रीदेवीपूत्री जाह्नवी कपूरसँग पनि जोडिएको थियो । उनले अभिषेकले आफूमाथि धोका दिएको आरोप लगाएकी थिइन् । अभिषेककै कारण उनले आत्महत्या प्रयास पनि गरेकी थिइन् । तर, पनि यसलाई एक स्टण्टका रुपमा लिइयो ।दीपानिता शर्मासँग पनि अभिषेकको अफेयर थियो । दुवैले करिब १० महिनासम्म डेट गरेका थिए । यसपछि दुवै अलग्गिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट