चिकन तन्दुरी खान धेरै रुचाउँछन् शाहरुख, खान लाग्दा जहाँ पुगेर पनि ल्याउँछन्-Sutra News

चिकन तन्दुरी खान धेरै रुचाउँछन् शाहरुख, खान लाग्दा जहाँ पुगेर पनि ल्याउँछन्

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

एजेन्सी – आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरुलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन चासो राख्छन् ।शाहरुख खानको विलासी जीवनबारे जोकोही जानकार छन् । तर, एक समय उनी खानका निकै सौखिन थिए ।



अहिले खाने र पिउने मामलामा उनी कम सक्रिय रहे पनि कुनै बेला उनको लोकप्रिय खानेकुरा चिकन तन्दुरी थियो ।शाहरुखको पछिल्लो फिल्म पठानले अहिले विश्वभर नै धमाका मच्चाइरहेको छ । यसले हालसम्म करोडौंको कमाई गरिसकेको छ । हालैको एक अन्तवार्तामा उनले आफूले मुश्किलले एक्सन हिरो बनेको बताएका छन् ।

पठानले धुम मचाईरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज (दिलवाले दुल्हनीया ले जाएंगेको हिरो) जस्तै होस भन्ने चाहान्छौ, राज त सबैको घरमा छ ।’

यसैबिच, शाहरुख खानले अभिनय गरेको दिलवाले दुल्हनिया ले जायंगेलाई पुन: सिनेमा हलमा उतारको छ । भ्यालेन्टाइनको अवसरमा उक्त सिनेमालाई पुन: दर्शक माझ ल्याएको हो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट