प्रि-ओपन सेसन नेप्सेमा ०.७५ अंकले ओरालो-Sutra News

प्रि-ओपन सेसन नेप्सेमा ०.७५ अंकले ओरालो

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा ०.७५ अंकले ओरालो लागेर २०६९ विन्दुमा आएको छ ।



यससँगै ११ कम्पनीको एक हजार ५३० कित्ता सेयर खरिदबिक्री हुँदा १७ लाख ७३ हजार २४० रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये एक कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट