उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाँदै सन्दीप लामिछाने-Sutra News

उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाँदै सन्दीप लामिछाने

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौँ – बलात्कार आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन् । उनी उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएका हुन् ।



उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्ध तथा धरौटी रकमको विषय पुनरावलोकनका लागि उनी मंगलबार सर्वोच्च अदालत जाने भएका हुन् ।

अदालतको आदेशकै कारण सन्दीपले संयुक्त अरब एमिरेट्स मा हुने आगामी शृङ्खलामा सहभागी हुन नपाउने भएका छन् । यस्तै उनलाई नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ ।यदि उनले यी सर्तको पालना नगरे जिल्ला अदालतमार्फत पुनः पक्राउ गरी थुनामा राखिने आदेशमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट