राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना-Sutra News

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं – निर्वाचन आयोगले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।



कार्यालय आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने बताए ।

निर्वाचनका लागि संघीय संसदका सदस्यले मतदान गर्ने एउटा र प्रदेश सभाका सदस्यले मतदान गर्नेगरि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए । राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्दै प्रक्रिया सुरु हुने बताए ।

यस्तै निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने बताए । उनले अर्को पटक देखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरि कानून संशोधन गर्न लागिएको जानकारी दिए । त्यस्तै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया भने फाल्गुन २७ गतेदेखि सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट