नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडांडामा बसेको बैठकले एमालेलाई सिधै समर्थन नगर्ने तर राष्ट्रिय सहमतिको बाटो अपनाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति नै अहिलेका लागि उत्तम भएको बताएका छन् ।
त्यस्तै राष्ट्रपतिका लागि पार्टीको कदमबारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णयसमेत गरिएको छ ।
नेपाली काँग्रेससँग गठबन्धन गरेर चुनाव लडेको माओवादीले प्रधानमन्त्री पाउन नेकपा एमालेसँग फेरी अर्को गठबन्धन गरेका थिए । त्यस्तै राष्ट्रपति एमालेलाई दिने भन्ने चर्चा भएको थियो ।