एमाले र माओवादीमा उम्मेवार छान्ने जिम्मा नेतृत्वलाई-Sutra News

एमाले र माओवादीमा उम्मेवार छान्ने जिम्मा नेतृत्वलाई

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक माहोल तात्दै गएको छ । संसदमा प्रतिनिधित्व गर्ने मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र राष्ट्रपति निर्वाचन’bout आन्तरिकरूपमा रणनीति बनाउँदै छन् । २५ फागुनमा हुने नयाँ राष्ट्रपति चयनका लागि आगामी बुधबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय भएको छ ।



राष्ट्रपतिको उम्मेदवारी दर्ता शनिबार

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवार सहमतिबाटै चयन गर्ने आफ्नो बटमलाइन रहेको बताउँदै आइरहेको छ । एमालेले आफ्नै दलबाट तयार गर्ने उम्मेदवारको पक्षमा सहमति खोज्ने प्रयास गरिररहेको छ भने कांग्रेस प्रधानमन्त्रीमा पुष्पकमल दाहल प्रचण्डलाई विश्वासको मत दिएका कारण राष्ट्रपति आफ्नो पोल्टामा पर्ने आशामा छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा नै जोड दिएको हो ।

‘बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ, गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो ।’ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि सञ्चारकर्मीसँग भने ।

महराका अनुसार माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति चुनाव’bout अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

एमालेले पनि राष्ट्रपति’bout निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

‘राष्ट्रपतिको उम्मेदवार’bout निर्णय गर्ने अधिकार हामीले अध्यक्षलाई दिएका छौं, अध्यक्ष संवादमा नै हुनुहुन्छ, समय आएपछि उम्मेदवार’bout निर्णय गर्छौं,’ एमाले नेता नेम्वाङले राजधानीसँग भने ।

कांग्रेसले भने राष्ट्रपतिको उम्मेदवार पार्टीको बैठकबाटै तय गर्ने बताएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीको बैठकबाटै राष्ट्रपतिको उम्मेदवार तय गरिने जानकारी दिए ।

‘कांग्रेसले बैठक बसेरै कसलाई उम्मेदवार बनाउने निर्णय गर्छ, कांग्रेसले उठाउने उम्मेदवारलाई नै राष्ट्रपति बनाउने गरी हामी अघि बढेका छौं,’ कांग्रेस उपसभापति खड्काले भने ।

चारपटक बैठक स्थगित गरेको कांग्रेसलाई फेरि बैठक बस्नै सकस

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि निर्वाचनको समीक्षा गर्न भन्दै बोलाइएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नै चारपटक स्थगित गरिसकेको छ । निर्वाचनको समीक्षा र आगामी रणनीति’bout छलफल गर्न भन्दै कांग्रेसले पहिलोपटक २२ पुसमा केन्द्रिय समिति बैठक बोलाएको थियो ।

त्यसपछि २४ पुस, २८ पुस र १५ माघका लागि बोलाइएको बैठकसमेत कांग्रेसले स्थगित गरेको थियो । पछिल्लोपटक १५ माघका लागि बोलाइएको बैठकसमेत कांग्रेसले अनिश्चितकालका लागि स्थगित गरेको थियो । राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट