टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प, कस्तो छ अहिले अवस्था?-Sutra News

टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प, कस्तो छ अहिले अवस्था?

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प गएको छ ।



७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा पुन: शक्तिशाली भूकम्प गएको हो  ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । सैयौं घाइते  भएका छन् ।

टर्की र सिरियाका अधिकारीका अनुसार दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट