शेखर कोइरालाको दाबी – राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्छ-Sutra News

शेखर कोइरालाको दाबी – राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्छ

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौं – नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने बताएका छन् । मंगलबार प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।



राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताए । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनले बताए

उनले भने “राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस् ।” दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट