बर्ष दिन देखी प्रधानन्यायधिस रिक्त, चाडै नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष बारको माग-Sutra News

बर्ष दिन देखी प्रधानन्यायधिस रिक्त, चाडै नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष बारको माग

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौं। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ।एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो। प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ।



सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको भेटपछि अध्यक्ष घिमिरेले सञ्चारकर्मीलाई बताए।

अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको जानकारी दिए । गत एक बर्ष अर्थात २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट