खेल मैदानमा सन्दीप लामिछानेको पक्षमा चर्को नारावाजी-Sutra News

खेल मैदानमा सन्दीप लामिछानेको पक्षमा चर्को नारावाजी

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अहिले त्रिवि खेल मैदानमा जारी छ । आज स्कटल्याण्ड र नेपालबीच खेल भइरहेको छ । जारी खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ । खेलमा स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।



खेलमा नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका छन् । खेल भइरहदा समर्थकहरुले लामिछानेको पक्षमा चर्को नारावाजी गरेका छन् । सन्दीपले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गरेपछि नारावाजी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट