शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न सक्दैन – उपप्रधानमन्त्री श्रेष्ठ-Sutra News

शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न सक्दैन – उपप्रधानमन्त्री श्रेष्ठ

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौं – उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि बजेट पर्याप्त नभएको बताएका छन् । मंगलबार गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको साताँै जिल्ला अधिवेशनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



उनले भने – “शिक्षालाई विकास र समृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरविरोधलाई कायम राखेर हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्दैन” उनले अहिलेको लगानी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न नसक्ने बताए ।

विदेसिएका युवाहरुलाई स्वदेश फर्काउनका लागि समृद्ध नेपाल निर्माण गर्नसक्नुपर्ने उनको भनाई छ। शिक्षकहरुले नेपालको राजनीति परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले प्रंशसा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार