शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्छ – माधव नेपाल-Sutra News

शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्छ – माधव नेपाल

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले शक्ति बाँडफाँटमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताएका छन् । देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको भन्दै सञ्चार माध्यममा आएका सबै सत्य नहुने बताए । माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको भनिएका बेला अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

तर, शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताएका उनले राष्ट्रपतिबारे वृहत छलफल आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार