नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्नेबारे आफूले नसोचिसकेको बताएका छन् ।
दाङको भालुवाङमा पत्रकारसँग बोल्दै उनले आफूलाई कसैले पनि राष्ट्रपति बन्न प्रस्ताव नगरेको बताए ।
उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।‘
राष्ट्रपति निर्वाचनको विषयलाई लिएर माधव नेपालले केही दिनअगाडी गठबन्धनको आयुबारे पनि बोलेका थिए ।