काठमाडौं । सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकातान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा नेपाल०का शिर्ष नेताहरुले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् । उनीहरुले ठाकुरलाई राष्ट्रपतिमा समर्थन गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरु बिच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको छ ।