काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
उनीहरुबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ ।
एमालेले पूर्वसहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउदै आइरहदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमति हुनुपर्ने अडान लिइरहेका छन् । यसैबीच अहिले लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरिसकेका छन् ।