पोखराको ठूल्ढुंगामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते-Sutra News

पोखराको ठूल्ढुंगामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते

बुधबार, १० फाल्गुन २०७९

बुधबार, १० फाल्गुन २०७९

काठमाडौं – पोखरामा विष्फोटक पदार्थ पड्किँएको छ । मंगलबार दिउँसो पोखरा ३३ ठूल्ढुंगामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएका हुन् ।



विष्फोटक पदार्थ पड्किँदा घाइते भएका सोही ठाउँका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मंगलबार भएको यो घटना बुधबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट