लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डको जवाफ मागियो, सदनमा अवरोधको सुरुवात गर्ने चेतावनी-Sutra News

लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डको जवाफ मागियो, सदनमा अवरोधको सुरुवात गर्ने चेतावनी

बुधबार, १० फाल्गुन २०७९

बुधबार, १० फाल्गुन २०७९

काठमाडौं । विभिन्न माग राखेर मधेशसहितका स्थानमा भएका आन्दोलनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागिएको छ ।



बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी गंगाराम थारूले लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका हुन् ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक आग्रह गरिएको भन्दै उनले तर, प्रधानमन्त्रीबाट धारणा नआएकाले अब तुरुन्त प्रधानमन्त्रीले धारणा राख्नुपर्ने माग गरेका हुन् । प्रधानमन्त्रीको धारणा नआएको सदनमा अवरोधको सुरुवात गर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट