काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले हालै भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणका बिषयमा प्रश्न उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई नेपाल भ्रमणका क्रममा अनावश्यक महत्व दिइएको बताए ।
उनले राष्ट्रपतिको चुनाव अगाडि भारतीय विदेश सचिवले प्रधानमन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई भेटेको प्रति पनि आपत्ती जनाए । राष्ट्र सम्मानलाई अंगिकार गर्दै विदेशी आउँदा हुने भ्रमणलाई नियमन गर्न उनले परराष्ट्र मन्त्रालयलाई आग्रह गरे ।