राष्ट्रपतिका लागि ओलीले दिए दुई नेताको नाम-Sutra News

राष्ट्रपतिका लागि ओलीले दिए दुई नेताको नाम

बुधबार, १० फाल्गुन २०७९

बुधबार, १० फाल्गुन २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा राष्ट्रपतिका लागि सुवास नेम्वाङ र एसका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सारेका हुन् ।ओलीले दिएका यी दुई नाममा प्रधानमन्त्री प्रचण्डले सल्लाहपछि जवाफ दिने बताएका छन् ।



एमालेले पूर्वसहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउदै आइरहदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमति हुनुपर्ने अडान लिइरहेका छन् । यसैबीच ओलीले आज प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिका लागि नेपाल र नेम्वाङको नाम दिएका हुन् ।

अहिले लोसपाले पनि अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट