नबिल बैंकको संस्थापक सेयर बिक्रीमा-Sutra News

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

बुधबार, १० फाल्गुन २०७९

बुधबार, १० फाल्गुन २०७९

काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बुधबार बिक्रीमा आएको छ। बैंकले ३ लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो।



सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदै छ उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन । बैंकका अनुसार उक्त सेयर खरिद गर्न चाहानेले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने छन ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट