एकीकृत समाजवादीले राष्ट्रपतिबारे सबैसँग छलफल गर्ने-Sutra News

एकीकृत समाजवादीले राष्ट्रपतिबारे सबैसँग छलफल गर्ने

बुधबार, १० फाल्गुन २०७९

बुधबार, १० फाल्गुन २०७९
फाइल तस्बिर

काठमाडौं, १० फागुन । एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनका विषयमा सम्बन्धित् सबैसँग छलफल गर्ने निर्णय गरेको छ ।



बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा सम्बन्धित् सबैसँग छलफल गर्ने निर्णय गरेको बैठकपछि महासचिप बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव भुसालले सार्वजनिक गरेको विज्ञप्तिको पूर्णपाठ :

आज २०७९ फागुन १० मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ५० औँ बैठक पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा बस्यो । बैठकमा अहिले मुलुकभित्र घोर दक्षिणपन्थी तथा पुनरुत्थानवादी शक्तिहरुले संविधान र लोकतन्त्रका विरुद्ध विभिन्न ढङ्गले गतिविधि गरिरहेको सन्दर्भमा गम्भीर छलफल भयो र यस सम्वन्धमा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षधर सबैसँग छलफल गर्ने निर्णय गरियो । साथै राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरियो ।

डा. बेदुराम भुसाल)
महासचिव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट