पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि दलहरु अहिले आ-आफ्नो कसरतमा रहेका छ्न।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपति बन्ने होडमा छन। यद्यपि उनलाई कसैले ठोस प्रस्ताव भने गरेको छैन।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका देउवाले बदलामा राष्ट्रपति आफ्नो पोल्टामा ल्याउने कसरतमा रहेका छन् ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ ।