एन आई सी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष-Sutra News

एन आई सी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष

बिहिबार, ११ फाल्गुन २०७९

बिहिबार, ११ फाल्गुन २०७९

एन आई सी एशिया क्यापिटल लिमिटेडको मिति २०७९/११/०८ मा सम्पन्न संचालक समितिको १२०औं बैठककोनिर्णय बमोजिम मिति २०७९/११/०८ देखि लागु हुने गरि यस एन आई सी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठीलाई नियुक्त गरेको छ । एन आई सी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । नवनियुक्त संचालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिएका छौं।



यस एन आई सी एशिया क्यापिटलले आ.व. २०७९/०८० को दो७नतसो त्रैमाससम्मा रु.५ करोड ६१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आ.व. २०७९/०८० को दोश्रो त्रैमास अन्त्यसम्म एन आई सी एशिया बैंक म्युचुअलफण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु संचालन गरिरहेको छ ।साथै यस क्यापिटलद्धारा संचालित खलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” मा Systematic Investment Plan (SIP)/ Systematic Withdrawal Plan (SWP)समेत संचालन गरिरहेको छ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मुल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०७९/०८० को पौष मसान्तसम्ममा ५८६ जना ग्राहकहरुबाट रु.१ अर्व ५६ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । निक्षेप सदस्य सेवा अन्तर्गत पौष मसान्त, २०७९/०८० सम्म ६ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरु मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ । क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७९ साल पौष मसान्तसम्ममा १४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै क्यापिटललेनेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरिसकेको र विशिष्टीकृत लागनी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको व्यहोरा जानकारी गराइन्छ ।हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने, SIP सहित खुलामुखी योजनाको इकाईको खरिद पुनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत लिन सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्प’र्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपलब्ध गराउने रणनीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट