जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति ओली असन्तुष्टी-Sutra News

जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति ओली असन्तुष्टी

बिहिबार, ११ फाल्गुन २०७९

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल हिंसाको पक्षमा नरहेको र नेपालभित्र आन्तरिक द्वन्द र कलह अव नेपाली जनतालाई स्वीकार्यनहुने बताएका छन् । बिहीबार भक्तपुरको बालकोटस्थीत आफ्नै निवासमा विश्वशान्ति प्रार्थना पुस्तक बिमोचन गर्दै ओलीले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाउर्दै सरकारको यस्तो निर्णयले हिंसाको मानसिकता र हिंसा प्रति गर्व गर्ने मानसिकता देखिएको बताए । वर्तमान सरकारले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिएको र यसलाई क्यालेण्डरमा नै समावेश गर्ने दुःखद निर्णय गरेको  उनको भनाई छ ।



ओलीले आफैले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि फेरी हिंसाको महिमामण्डन गर्नुको कारण आफुले पनि नबुझेको जिकिर गरे । उहाले नेपाल हिंसाको पक्षमा नरहेको र नेपालभित्र आन्तरिक द्वन्द र कलह अव नेपाली जनतालाई स्वीकार्य नहुने स्पष्ट पारे।

उनले नेपालमा पहिचानको राजनीतिका नाममा भूगोल र जातीहरुकाबीच परस्परमा घृणा फैलाउने काम भएको र अहिले त्यसलाई पराजित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट