एमाले र काँग्रेसबाहेकका यी ३ पार्टीहरु माधव नेपाललाई राष्ट्रपतिको शपथ खुवाउन तयार-Sutra News

एमाले र काँग्रेसबाहेकका यी ३ पार्टीहरु माधव नेपाललाई राष्ट्रपतिको शपथ खुवाउन तयार

बिहिबार, ११ फाल्गुन २०७९

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौँ । मुलुकमा अहिले को राष्ट्रपति बन्ला भन्ने विषयले धेरैको ध्यान तानेको छ । यही फाल्गुन २७ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।



नेकपा एमालेले आफ्नो पार्टीबाट राष्ट्रपति बन्ने दाबी गरेका बेलामा यता भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने जमर्को गरिरहेका छन् ।

बिहीबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव राखेको हो ।

माधव नेपाललाई राष्ट्रपति बनाउने माओवादीले अब काँग्रेस र एमालेसँग सहमति जुटाउने कसरत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट