काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । बैठक भोलि बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहनेछ ।