काठमाडौं । बलिउडका चर्चित अभिनेता अक्षयकुमारको फिल्म ‘सेल्फी’ शुक्रबारबाट विश्वव्यापी प्रदर्शन भएको छ । पछिल्लो समय यसै फिल्मबाट चर्चामा आएका अक्षयले अर्को चर्चा पनि कमाएका छन् । उनले सबैभन्दा धेरै सेल्फी खिच्दै गिनिज विश्व कीर्तिमान राखेका छन् ।
उनले तीन मिनेटभित्र १८४ वटा सेल्फी खिचेका छन् । रेकर्ड राखेसँगै बुधबार आयोजित समारोहमा उनलाई गिनिज प्रमाणपत्र पनि दिइएको छ । उनले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् ।
यसअघि जोन्सनले पनि लण्डनमा आयोजित फिल्मको प्रिमियरमा तीन मिनेटभित्र १०५ वटा सेल्फी खिचेर रेकर्ड राखेका थिए । नौलो रेकर्ड राख्न पाउँदा अक्षय निकै खुशी छन् । ज मेहता निर्देशित फिल्म ‘सेल्फी’ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।